आइतवार, बैशाख १६, २०८१

आधारभूत कर तथा लेखानीति सम्बन्धी अभिमुखिकरणको आयोजना

  काठमाडौ श्रावण २८, सनराइज बैंकले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने press release -picसामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्ने लक्ष्य सहित आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

प्रस्तुत अभिमुखिकरण कार्यक्रमको सुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु-याउने हेतुले Sunrise Bank Advisory Cell को स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र उद्यमीहरु समक्ष पु-याउने उद्देश्यका साथ अगाडि बढेको जानकारी दिनुभएको थियो ।
त्यस्तै उहाँले त्यस अवसरमा बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता समेत व्यक्त गर्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जनाइउदै चार्टड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ उल्लेख गरिएको छ ।