सोमवार, बैशाख २४, २०८१

सभापति देउवाद्वारा आतङ्कारी हमलाको भत्र्सना

काठमाडौ आषाढ १९ , नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बङ्गलादेशको राजधानी ढाकाको गुलशन क्याफेमा शुक्रबार साँझ आतङ्कवादीले अमानवीय, पाशविक तवरले हत्या गरेको घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको जनाउँदै उक्त आतङ्कारी SHER_BAHADUR_DEUBA_20150802081349-370x207हमलाको भत्र्सना एवम् निन्दा गर्नु भएको् छ ।

सभापति देउवाले विज्ञप्ति जारी गरी विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ । भन्दै हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहााले घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले दिवङ्गत आत्माको चिर शान्तिको कामना साथै उहाँहरूका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।