आइतवार, बैशाख २३, २०८१

राहदानी प्राप्तीका लागि १० मिनेट सेवाको सुभारम्भ

काठमाडौ आषाढ १९,  परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष राहदानी फाराम भर्ने लगायत सम्पूर्ण सवै काम 250px-Nepal_foreignministryविभागबाटै हुने गरि राहदानी वितरणको लागि आज देखि नयाँ सेवाको प्रारम्भ गरेको छ ।  प्रस्तुत सेवा अन्र्तगत सेवाग्राहीले राहदानी प्राप्तीका लागि आवेदन दिएको १० मिनेटमा नै राहदानी प्राप्त गर्न सक्ने भएको छ । प्रस्तुत छरितो र सरल राहदानी प्राप्ति सेवाको सुभाम्भ गर्दै पराष्टमन्त्री कमल थापाले आज चन्द्रकली बुढाथोकी नामको राहदानी आवेदकलाइ राहदानी प्रदान गर्नुभएको थियो ।

यसरी उपलब्ध गराईएको राहदानी विभागले सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गतको रहेको जानकारी विभागले दिएको छ । सरकारको गत ज्येष्ठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा रु १५ हजार दस्तुर बुझाउनुपर्नेछ । त्यसैगरी रु १२ हजार शुल्क बुझाए दुई दिन र रु १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ ।