आइतवार, जेष्ठ ६, २०८१

प्रहरी उपरीक्षक बज्राचार्य मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित

भक्तपुर आषाढ १८ , महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उनलाई सो सम्मान प्रदान गरेको हो ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएका थिए । विसं २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएकी उनले हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखको जिम्मेवारी सम्हाल्दै  आइरहनु भएको  छ ।  यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसक्नुभएको छ । अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ ।  imagekhabar.com बाट