बुधबार, बैशाख २६, २०८१

वर्ष ०७२को उत्कृष्ट खेलाडी पुरस्कार नवयुग र फुपूलाइ

पिपल्स च्वाइसको अवार्ड जितीन नवीताले

काठमाडौ श्रावण ६ , नेपाल खेलकुद पत्रकार मन्चद्धारा आयोजित वर्ष ०७२को पल्सर स्पोर्टस् अवार्डको १३औं संस्करण Captureअन्र्तगत आज पुरस्कारका लागि प्रस्तावित ८ ओटा विधामध्ये फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् ।

आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच ‘टिम अफ दि इयर नेपाली राष्ट्रिय फुटबल टोली घोषित हुँदा वर्षको ‘सर्वोत्कृष्ट पुरुष खेलाडी’को अवार्ड राष्ट्रिय फुटबल टोलीकै स्ट्राइकर नवयुग श्रेष्ठले जितेका छन भने सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पनि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले प्राप्त गरेका छन ।

त्यस्तै पिपल्स च्वाइस विधामा प्रस्तावित अवार्ड भने 10953926_10152721000432405_3286499686907777586_nटेबल टेनिसकी नवीता श्रेष्ठले प्राप्त गरकी छिन सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड जित्न सफल खेलाडीलाइ पल्सर बाइक सहित पुरस्कृत गरिएको थियो । त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका अञ्जन विष्ट पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारी स्पेसल अवार्ड’बाट अखिल नेपाल फुटबल सङ्घका पूर्व कावा अध्यक्ष स्व ललितकृष्ण श्रेष्ठलाइ त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट फुटबलका पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकार लाइ जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको छ ।  यस्तै, वर्षको सर्वोत्कृष्ट युवा खेलाडी फुटबलका अन्जन विष्ट, ‘पारा एथ्लिट अफ दि इयर’ तेक्वान्दोकी सीता भण्डारीलाइ  कार्यक्रममा पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रीराम रञ्जितकारलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।