सोमवार, जेष्ठ ७, २०८१

तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं श्रावण ५, नेपाल तेक्वान्दो संघ भक्तपुरको आयोजनामा आगामी श्रावण ७ र ८ गते सञ्चालन हुन दुई दिने उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका बारे आज पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा महिला र पुरुषको सिनियर र जुनियर गरी कुल २१ स्वर्णको लागि प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक बालकृष्ण साँदले जानकारी दिनुभयो । पुरुष जुनियरतर्फ २० केजी मुनि, २०–२३ केजी, २३–२७ केजी, २७–३० केजी, ३०–३३ केजी, ३३–३६ केजी, ३६–३९ केजी र ४२–४५ केजी तोल समूहमा प्रतिष्पर्धा हुनेछ । त्यसैगरी पुरुष सिनियरतर्फ ४५–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिष्पर्धा Takendoहुने संयोजक साँदले जानकारी दिनुभयो ।
महिला जुनियर तर्फ २४–२७ केजी, २७–३० केजी, ३०–३३ केजी, ३३–३६ केजी, ३६–३९ केजी, ३९–४२ केजी र ४२–४६ केजी गरी ७ तौल समूहमा प्रतिष्पर्धा हुने छ भने सिनियरतर्फ ४६–४९ केजी, ४९–५२ केजी र ५२–५५ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।
त्यसैगरी प्रतियोगितामा पहिलो पटक तेक्वान्डोको पुम्से स्पर्धा समेत समावेश गरिएको आयोजक नेपाल तेक्वान्दो संघ भक्तपुरका अध्यक्ष गणेश ह्याउँमिखाले जानकारी दिनुभयो ।

१६ वर्ष माथि सिनियर महिला÷पुरुष, १० देखी १५ वर्षसम्म जुनियर महिला÷पुरुष र १६ वर्ष माथि सिनियर ग्रुप तथा १० देखी १५ वर्षसम्म जुनियर ग्रुपमा प्रतिष्पर्धा हुने अध्यक्ष ह्याउँमिखाले बताउनुभयो ।
विभिन्न डोजाङ र विद्यालयमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको प्रोत्साहन हौसला अभिबृद्धिका लागि आयोजना गरेको प्रतियोगितामा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका गरी २५ विद्यालय तथा डोजाङका करिव ३ सय खेलाडीहरुको सहभागिता रहने संयोजक साँदले जानकारी दिनुभयो । विजेता खेलाडी र टिमलाई मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । दुई दिने प्रतियोगिता बाराहीस्थान स्थित सूर्यविनायक पार्टी भेन्यूमा सञ्चालन हुनेछ ।