सोमवार, बैशाख १७, २०८१

प्राकृतिक विपत्तीका कारण भएको क्षतिप्रति प्रधानमन्त्री मर्माहत

बाढी, पहिरोको कारण हालसम्म २८ को मृत्यु, २४ जना बेपत्ता, 

नारायणी नदीमा पानीको सतह खतराको सतहमा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल

काठमाडौ श्रावण ११, 151010090153_kp_oli_640x360_rawjendrakc_nocreditप्रधानमन्त्री केपी  ओलीले विगत केही दिनदेखि देशका विभिन्न भागमा आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबाट आफू अन्यन्तै मर्माहत भएको भन्दै प्रााकृतिक विपत्तीका कारणले ज्यान गुमाएकाहरुमा श्रद्धान्जलि एवम् घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहातका कार्य एवम् घाइेतको उपचारमा सरकारका तर्फबाट सम्भव सबै स्रोत, साधन र उपाय अवलम्बन गरिने बताउँनु भएको छ ।

बाढी पहिरोको कारण विपत्तिमा परेकाहरुको उद्धारका लागि प्रशासन र सबै सुरक्षा अङ्गलाई निर्देशन दिइसकेको प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस संयोजक चेतन अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले यस दुःखको घडीमा विपत्तिमा परेकाहरुको उद्धार तथा राहातमा जुट्न सम्पूर्ण सङ्घ, संस्था र नागरिकमा सहयोगी हात बढाउनसमेत आग्रह गर्नुभएको छ । सरकारले आपत्तकालीन उद्धारका लागि देशका विभिन्न ठाउँमा हेलिकप्टर तैनाथ गरेको र सुरक्षा निकायलाई पनि उच्च सतर्कता साथ राखेको जनाउँदै बाढी पहिरोमा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिइसकिएको प्रेस नोटमा उल्लेख 1676_0d3f5b22e0c4c1ea07b93db88582d3f7_1469496445_bगरिएको छ ।

यसैवीच केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, मुलुकको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण  मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालद्दारा आज जारी विज्ञप्तिमा  हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । प्यूठानमा ६, गुल्मीमा ५ , पाल्पामा चार, बाग्लुङमा ४ , मकवानपुरमा तीन, रुपन्देहीमा २ र काठमाडौँ, अर्घाखाँची, दोलखा  सर्लाहीमा १/१ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा २ , सुनसरी, सप्तरी र झापामा १/१ जना बेपत्ता भएको उल्लेख गर्दै विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको उल्लेख गरिएको छ ।

त्यस्तै बाढीपहिरोको कारण गुल्मीमा ३, काठमाडौँमा २, बाग्लुङमा २ र प्यूठान, दोलखा र अर्घाखाँचीमा १/१ घाइते भएको गृहमन्त्रालयले जनाउनुको अलावा नारायणी नदीमा पानीको सतह खतराको सतहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल गर्दै मन्त्रालयले घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य गरिरहेको जनाएको छ ।