बिहिबार, बैशाख २०, २०८१

सभापति देउवाद्दारा पीडितलाई तत्काल उद्धार, राहत दिन सरकारको ध्यानाकर्षण

काठमाडौ श्रावण १२,  नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाले आज एक विज्ञप्ति जारी गरी अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

SHER_BAHADUR_DEUBA_20150802081349-370x207त्यस्तै सभापति देउवाद्दारा बाढी पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विस्थापित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको यकिन तथ्याङ्क सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पु-याउन काँग्रेसले सरकारको ध्यानाकर्षण गराउँनु भएको छ ।

त्यस्तै उहाँले जारी विज्ञप्तिमार्फत काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घ संस्थालाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन समेत आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।