बिहिबार, बैशाख २०, २०८१

सरकाबाट प्रस्ताव स्वीकृत भएलगत्तै २५ वटा स्विट होम बन्ने

 विनियमावली पारितभएसंगै पूर्व राजपरिवारका ७ वटा दरबार अवलोकन खुला, पूर्व राजपरिवारका जग्गा भाडामा लगाउने ट्रष्टको तयारी

काठमाडौ श्रावण १२, नेपाल ट्रष्टको कार्यालयले मुलुकको विभिन्न क्षेत्रमा रहेको पूर्वराजपरिवारको ७ वटा दरबारलाई सर्वसाधारण तथा पर्यटकलाई अवलोकन गर्न खुला गरेको छ । मुलुकका राजतन्त्रको अवसान पछि पूर्वराजपरिवारको Captureनाममा रहेको रहेका जग्गा, जमिन संरक्षणको लागि भन्दै स्थापना गरिएको नेपाल ट्रष्टको कार्यालयले ट्रष्ट सञ्चालनको लागि विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि पूर्वराजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न मार्ग प्रसस्त भएको हो ।

यसअघि विनियमावलीको अभावमा ट्रष्टले आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्नु को अलावा भाडामा लगाई आयआर्जन गर्न सकेको अवस्था थिएन । ट्रष्टले अहिलेसम्म स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६सय रोपनी जग्गा आफ्नो नाममा ल्याइसकेको जनाएको छ ।
यसैवीच नेपाल ट्रष्ट सञ्चालक समितिको ३९औं  बोर्ड बैठकले नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । आफ्ना नाममा आएका पूर्व राजपरिवारका जमिनमा नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव सरकारसमक्ष राखेको जानकारी दिदै सरकाबाट प्रस्ताव स्वीकृत भएलगत्तै स्वट होम निर्माणको थालनी सुरुगर्ने जनाएकोछ ।