बिहिबार, बैशाख २०, २०८१

डा केसीसँग सरकारले गरेको सहमति खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौ श्रावण १२,  समग्र स्वास्थ्य क्षेत्रको सुभारको माग गर्दै आमरण अनशन बस्नु भएका डा गोविन्द केसीसँग सरकारले केहि दिन अघि गरेको ४ बुँदे सहमतिको निजी मेडिकल कजेल सञ्चालकले खारेजीको माग गर्दै राजधानीमा आज प्रदर्शन गरेका छन् ।

मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने नाममा डा केसीसंग गरिएको ४ बुँदे सहमतिले निजी कलेज धरायसी हुने भन्दै नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कजेज, नेपालगन्ज मेडिकल कलेज, नेसनल मेडिकल कजेललगायतका मेडिकल कलेज आवद्ध सञ्चालक तथा कर्मचारी एवम् विद्यार्थीहरुले सरकारले डा केसीसँग गरिएका सम्झौताको खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।