बिहिबार, बैशाख २०, २०८१

बाढीपहिरोका कारण ६६ को मृत्यु, १५ बेपत्ता : मन्त्रालय

काठमाडौ श्रावण १२, केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६ दर्जन भन्दा बढिको मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालद्दारा जारी विज्ञप्तिमा उल्लेखभए अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा 451आंशिक रुपमा क्षति पुगेको छ । त्यस्तै प्यूठानमा ३१, गुल्मीमा ७ , बाग्लुङमा छ, पाल्पा र रोल्पामा ४ /४ , मकवानपुरमा ३, अर्घाखाँचीमा २, झापामा २, रुपन्देहीमा २ र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा १/१ जनाको मृत्यु भएको जनाईएको छ ।

साथै विज्ञप्तिमा गुल्मीमा ९, पर्वतमा ९, प्युठानमा ३, बाँकेमा ३ काठमाडौमा २ र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा १/१ जना घाइते हुनको अलावा अर्घाखाँचीमा २, प्युठानमा ५ गुल्मीमा २ र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा १/१ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।  घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिउको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।

डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको जनाउँदै तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु