शनिबार, बैशाख २२, २०८१

काँग्रेस केन्द्रीयसमिति बैठक: माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय

  • प्रम ओलीले राजीनामा नदिए काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्ने

  • ७ बुँदे सहमितिको औपचारिक अनुमोदन

काठमाडौं आषाढ २९, मुलुकको पछिल्लो राजनैतीक घटनाक्रमको समिक्ष सहित आवश्यक रणनिती बनाउँन भन्दै बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले यसअघि माओवादी केन्द्रसंग भएको भनिएको ७ बुँदे सहमितिको औपचारिक अनुमोदन गर्दै माओवादी केन्द्रको nc-flageनेतृत्वम बन्ने सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

त्यस्तै बैठकले माओवादी केन्द्रलाई समर्थन गरेको लिखित पत्र आज नै पठाउने निर्णय गर्दै माओवादी केन्द्रको समर्थन फिर्ता पछि अल्पमतमा परेको प्रधानम्नत्री ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष सहित यदि प्रम ओलीले राजीनामा नदिए काँग्रेसले आज नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकमा सहभागी एक नेताले ७बुँदे माओवादी-1सहमतिका सवालमा जानकारी दिदै स्थानीय चुनावसम्म पुष्पकमल दाहलले सरकारको नेतृत्व गर्ने र त्यसपछि हुने दुईवटा चुनावमा कांग्रेसले नेतृत्व लिने सहमति समेत भएको जानकारी दिएका छन ।