शनिबार, बैशाख २२, २०८१

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • संसदको पूर्व निर्धारित बैठक ३ बजेसम्मका लागि स्थगित

  • माओवादी केन्द्रका उपप्रधानमन्त्री रायमाझी सहित सवै मन्त्रीद्दारा सामूहिक राजीनामा

काठमाडौ आषाढ २९ ,व्यवस्थापिका–संसद्को बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।

CA_20141009085850-2 (1)यसैवीच काँग्रेस र माओवादी केन्द्रका २५५ जना सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रले सरकारका विरुद्धमा व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारप्रति विस्वास छैन भनि दर्ता गराएको अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहनुभएको छ ।

यसअघि काँग्रेस केन्द्रियसमिति र माओवादी संसदीय दलको आज बिहान छुट्टाछुट्टै बसेको बैठकले सरकार अल्पमतमा रहेकाले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालेका थियो  ।  त्यस्तै यसअघि गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ,गृहमन्त्री शक्ति बस्नेत लगायत सवै मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन ।