शनिबार, बैशाख १५, २०८१

माओवादी एकताका कारण राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ तरङ सिर्जना : प्रचण्ड

माओवादी मा ७५ सदस्यीय स्थायी समिति प्रस्ताव
क्रान्तिकारी पत्रकार सङ्घको विघटन गर्दै ‘प्रेस सेन्टर’ नेपाल बनाइयो 

काठमाडौ ज्येष्ठ १९, नेकपा माओवादी केन्द्रले ७५ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले २४५ सदस्यीय पोलिटब्युरोको प्रस्ताव गरेको हो ।
त्यस्तै साङ्गठनिक संरचना टुङ्ग्याउन नेता वर्षमान पुनःनेतृत्वको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा उक्त संरचना प्रस्ताव downloadगरिएको हो । कार्यदलले आवश्यकताका आधारमा स्थायी समिर्टिी प्रवक्ता पम्फा भूसाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनमा पोलिटब्युरो चयन गर्न केन्द्रीय कार्यालयलाई जिम्मा दिएको थियो । कार्यदलले महाधिवेशन आयोजक समितिमा ९९९ जना सदस्य रहने प्रस्ताव गरेको छ । पार्टीलाई गाउँ स्तरसम्म स्थापित गर्न केन्द्रीय नेतृत्व नै प्रभावकारी हुने लक्ष्यका साथ ठूलो संरचना प्रस्ताव गरिएको बतार्ईएको छ ।

यसैवीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त भेलालाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै माओवादी एकताले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ तरङ सिर्जना गरेको बताउँनु भएको छ ।  त्यस्तै सम्बोधनको क्रममा उहाँले माओवादी एकतासंगै अव सरकारको नेतृत्वगर्ने जिम्मेवारी पनि सम्हाल्नु पर्ने भएकाले अवका दिनमा पार्टी लाई जनताको तहमा पुनः स्थापित गरेर मुलुकको एक नम्बरको पार्टी बनाउन पनि हामीहरू प्रतिबद्ध भएर लाग्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको आज भएको संयुक्त भेलाले दुवै सङ्गठन विघटन गरी प्रेस सेन्टर नेपाल नामकरण गरेको छ । आगामी भदौ १० र ११ गते काठमाडौँमा सेन्टरको पहिलो महाधिवेशन गरिने र त्यसका लागि ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।  भेलाले १ नं प्रदेशमा राजेन्द्र किराती, २ नं मा देवराम यादव, ३ नं मा लक्ष्मण खड्का, ४ नं मा त्रिभुवन पौडेल, ५ नं मा मौसम रोका, ६ नं मा देवीराम देवकोटा, ७ नं प्रदेशमा पहल साउद र प्रतिष्ठान समितिमा रमेश लम्साललाई संयोजन गर्ने जिम्मा दिइएको सेन्टरका संयोजक गोविन्द आचार्यलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।