बिहिबार, बैशाख १३, २०८१

निजामती ट्रेड युनियनको निर्वाचन सम्पन्न

काठमाडौ ज्येष्ठ १९, निजामती कर्मचारीको आज भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिदै निर्वान सकिए images (3)लगत्तै मतगणना सुरु गरिने जानकारी दिदै आज रातभर मतगणना हुने जानकारी दिनुभएको छ । साथै उहाँले भोलिसम्ममा मत परिणाम सार्र्वजनिक गर्ने तयारी रहेको पनि बताउँनु भएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका छन् भनेनिर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था रहेको समतिले जनाएको छ ।