शुक्रबार, बैशाख १४, २०८१

पशुपतिस्थित प्राचीन वस्तीको संरक्षण गर्न नेवार पत्रकारहरुको माग

काठमाडौं ज्येष्ठ २०,  पशुपति क्षेत्रको प्राचीन वस्ती विस्थापित हुँदा उक्त क्षेत्रको मौलिकता एवम् गरिमा नै नष्ट हुने खतरा बढेको भन्दै नेवा पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गरेको छ । दबू, काठमाडौं जिल्लाले बुधवार पशुपति Anup_20160601_1 क्षेत्रमै पत्रकार सम्मेलनको आयोजना गरी पशुपति क्षेत्रको गुरुयोजनाको रुपरेखा २०५३ मा पशुपति क्षेत्रको प्राचीन वस्ती विस्थापन गर्ने भनेर नभनिएपनि स्थानीय ९ टोलमध्ये २ टोलमा अवस्थित प्राचीन वस्तीहरु विस्थापित गर्ने काम भएको भन्दै यसले स्थानीय बासिन्दा त्रासमा बस्नु परेको भनेको हो ।
पत्रकार सम्मलेन मार्फत विज्ञप्ति जारी गर्दै दबूले पशुपति क्षेत्रको मौलिकता र गरिमालाई यथावत राख्दै उक्त क्षेत्रका आदिवासीलाई आफ्नो आदिभुमिमा निर्वाध जीवनयापन गर्न र धर्म संस्कृति निरन्तर गर्न दिन माग गरेको छ । पत्रकार सम्मलेनमा आदिवासि जनजाती वकिहरुको समूह लाहुर्निपका सचिव अधिवक्ता शंकर लिम्बुले आदिवासि जनजाती नेवार समुदायको हजारौं वर्ष पुरानो आदिभूमिको इतिहासलाई २५० वर्षले मेट्न नसक्ने बताउनुभयो । स्थानीय जनसमुदायको सरसल्लाह, अनुमति बिना प्राचीन वस्तीलाई जवर्जस्ती विस्थापित गर्न नमिल्ने भन्दै कानूनी प्रक्रिया अनुसार अगाडी बढ्नको लागी आफु र आफ्नो संगठनले सक्दो सहयोग गर्ने, सहकार्य गर्ने प्रतिवद्धता लिम्बुले जनाउनुभयो ।

त्यस्तै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले अन्तर्राष्ट्रिय श्रम संगठन १६९ र आदिवासी तथा जनजातीसम्बन्धि महासन्धि १९८९ अनुमोदन गरेर नेपाल सरकारले नेपालका आदिवासि जनजातीलाई आफ्नो भूमिमा संस्थाहरु, जीवन पद्धति तथा आर्थिक विकासमाथि नियन्त्रण गर्न पाउने, आफ्नो पहिचान, भाषा र धर्महरु कायम राखी विकास गर्न पाउने अधिकार प्रदान गरीसकेको अवस्थामा विकास निर्माण वा सम्पदा संरक्षण आदिको नाम दिएर आदिवासि समुदायलाई आफ्नो आदिभूमिबाट हटाउन नमिल्ने बताउनुभयो । काठमाडौं जिल्ला अध्यक्ष नातिकाजी महर्जनले प्राचीन नेवार बस्ती विस्थापित हुँदा स्थानीय भाषा, धर्म, कला, संस्कृतिको अस्तित्वमा समते असर पर्न जाने हुँदा सोको Anup_20160601_5रक्षा गर्न राज्य, पशुपति क्षेत्र विकास कोष लगायत सरोकारवाला निकायहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय ९ जातीको नौमूले समाजका तर्फबाट वैद्य समाजबाट मुकुन्द वैद्य, कर्माचार्य समाजबाट मृत्युञ्जय कर्माचार्य, पशुपतिनाथ सेवक संघ साथै भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले पशुपति क्षेत्रको दुइ टोलहरु विस्थापित भइसकेको अवस्थामा स्थानीय वासिन्दा डर र त्रासको वातावरणमा बस्नुपरेको बताउनुभयो । स्थानीय जनसमुदाय आफ्नो आदिभूमिबाट विस्थापित हुँदा स्थानीय धर्म, संस्कृति, रितिरिवाज पनि नष्ट हुने स्थानीयको भनाइ थियो ।