शनिबार, बैशाख १५, २०८१

वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

काठमाडौ आषाढ ४ , उपत्यकामा अल्पसख्यकरुपमा रहेको तिरहुते ब्राम्हणहरुको प्रतिनिधीमुलक संस्था तिरहुते ब्राम्हण सेवा समितिले Prabin-Shrestha-7426Prabin-Shrestha-7565Prabin-Shrestha-7554Prabin-Shrestha-7417Prabin-Shrestha-7487Prabin-Shrestha-7483Prabin-Shrestha-7418Prabin-Shrestha-7412Prabin-Shrestha-7555Prabin-Shrestha-7484राजधानीको बसन्तपुर स्थित शिव पार्वती मन्दिरमा आज एक दिने वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  अल्का हस्पिटलको प्राविधिक सहयोग एवम् मिसन मिडिया कल्वको सहकार्यमा   आयोजित उक्त शिविरमा मुलत युरिक एसिदको समस्यबाट पिडित ३ सय विरामीको उपचार गरिएको शिविरका संयोजक राजेन्द्र झाले जानकारी दिनु भएको छ ।

निशुल्क औषधी र प्याथोलोजी सेवा समेत उपलब्ध गराईएको उक्त शिविरमा सहभागीहरुले राजधानी विभिन्न  क्षेत्रमा विभिन्न  किसिमको स्वास्थ्य शिविरको आयोजना गरिने भएपनि विधागतरुपमा आज आयोजित शिविरले उमेर ढल्लकेका धेरै विरामीहरु लाभाम्वित हुने अवसर प्राप्त भएको हामीसंगको भेटमा बताए ।

 शिविर संञ्चालनपूर्व आयोजित औपाचारिक कार्यक्रमका प्रमुख अतिथी काठमाडौं काँग्रेस क्षेत्र.न ८ का व्यवस्थापिका संसद सदस्य नविन्द्रराज जोशीले प्राविधीक सहयोग गर्नु हुने अल्का हस्पिटलका टोलीलाइ मायाको चिनो वितरण गर्दै समितिको तर्फबाट आयोजित कार्यक्रमको प्रशसा गर्नु गर्नुभएको थियो ।

 नुवाकोट काँग्रेसका सभापति एवम् व्यवस्थापिका संसद सदस्य  जगदिश्वरनरसिंह केसी त्यस्तै गरि  अर्का ससद सदस्य  राज्यलक्ष्मी श्रेष्ठ समितिका सल���लाहकार दिव्यचरण  लगायतको उपस्थिती   रहेको प्रस्तुत कार्यक्रम समतिकिा सभापति शिवचन्द्र झाको सभापतित्वमा  सम्पन्न भएको थियो ।