शुक्रबार, बैशाख १४, २०८१

छानवीनकाको नाममा गएिको चिकित्सकको गिरफ्तारी प्रतिसङ्घद्दारा आपत्ति व्यक्त

काठमाडौ आषाढ ४, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रवार शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा छानवीनका लागि भन्दै विरगञ्ज भरतपुर विराटनगर लगायतका क्षेत्रबाट एक दर्जन भन्दा डाक्टरहरुलाइ पक्राउ गरिएको घटनाप्रति नेपाल Captureचिकित्सक सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले आज एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानुनसम्मत् छानविन गर्ने अधिकार सुरक्षित हुँदाको अवस्थामा छानबिनका लागि भन्दै चिकित्सक तथा स्वास्थ्य संस्थामाथि असहिष्णुता देखाएको घटनाको विरोध सहित आपत्ति व्यक्त गरेको छ ।

सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठद्दारा जारी विज्ञप्तिमा छानविनको नाममा ग कार्यक्षेत्रबाट हत्कडी लगाएर गिरफ्तार गर्नुले चिकित्सा पेसाको अपमान भएको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा भनिएको छ छानवीनका र कानुनीकारबाहीको नाममा अमानवीय व्यवहार प्रदर्शन नगर्न सरकारलाई आग्रह गरेको छ ।