शुक्रबार, बैशाख १४, २०८१

खाद्य मेलाको आयोजना गरिने

काठमाडौ आषाढ ४ , खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान प्रवह गर्ने लक्ष्य सहित आगामी आषाढ १० र ११ गते खाद्य मेलाको आयोजना गर्ने भएको छ । मेलामा देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति downloadविशेषले प्रयोग गर्ने खाद्य पदार्थको प्रदर्शन समेत गरिने विभागले जनाएको छ ।

यस अघि विभागले गत ज्येष्ठ २१ र २२ गते ओखलढुङ्गामा त्यस्तै गरि सम्पन्न २९ र ३० गते सिन्धुलीमा आयोजना गरेको जनाउँदै असार ३ र ४ गते लमजुङमा पनि आयोजना गर्ने तयारी रहेको जानकारी दिएको छ ।

आयोग प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गरिने बताउँदै दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्दै स्थानीय कृषि उत्पादनबारेमा जानकारी दिन मेला आफैमा प्रभावकारी हुनुको अलावा प्रचलनमा नरहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवद्र्धन गर्न विभागले प्रस्तुत अभियानको सुरवात गरिएको जानकारी दिनभएको छ ।