शनिबार, बैशाख ८, २०८१

निगममा उपप्रबन्धकदेखि सहायक मिस्त्रीसम्मको जागिर खुल्यो

काठमाडौ आषाढ ४ , नेपाल आयल निगमले निगमले रिक्त रहेका उपप्रबन्धकदेखि सहायक मिस्त्रीसम्म विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  निगमले विज्ञापन प्रकाशित गरेर ती पदहरुमा खुला प्रतियोगिताद्धारा छनोट गरी स्थायीरुपमा पूर्ति गर्न लागि 1466231570nigam-final-finalनेपाली नागरिकहरुबाट विभिन्न ६२ पदमा जागिरका लागि दरखास्त आह्वान गरेको र प्राप्त निवेदनको आधारमा लिखित, अन्तर्वार्ता, प्रयोगात्मक परीक्षामार्फत् ती पदहरुमा पदपूर्ति गर्ने प्रकाशित विज्ञापनमा उल्लृख गरिएको छ ।

त्यस्तै योग्यता पुगेका नेपाली नागरिकले आफ्नो योग्यताअनुसार निगमले तोकेको कागजात, तोकिएको दरखास्त दस्तुर र परीक्षा दस्तुरकासाथमा ‘तोकिएको अवधि’भित्र आवदेन दिन पनि निगमलृविज्ञापनिमा आव्हान गरेको छ ।  दरखास्त फारम निगमको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंबाट प्राप्त गर्न सकिने जनाइएको छ ।