शुक्रबार, बैशाख १४, २०८१

प्रजातान्त्रिक विचार समाजको महाधिवेशन आषाढ १० मा , पत्रकार एवम् बुद्धिजीवी मिश्रलाइ सम्मान गरिने

काठमाडौ आषाढ ८, मानवअधिकार, कानुनी राज्य तथा बहुदलीय संसदीय शासन प्रणालीको संस्थागत विकासका लागि क्रियाशील हुने लक्ष्यकासाथ गठन भएको प्रजातान्त्रिक विचार समाजको १० औं राष्ट्रिय महाधिवेशन आगामी आषाढ १० र ११ गते काठमाडौमा हुँने भएको छ ।

13450169_1711722689109316_2259568756006157991_nमहाधिवेशनको सवालमा जानकारी दिन आज आयोजित पत्रकार  सम्मेलनमा    समाजका अध्यक्ष डा केदारनरसिंह केसीले महाधिवेशनमा ४० भन्दाबढी जिल्लाबाट ३५० जना प्रतिनिधिले भाग लिने बताउँदै  महाधिवेशनको अवसरमा पत्रकारिता एवम् बौद्धिक क्षेत्रमा योगदान पु-याएबापत यसवर्ष पत्रकार एवम् बुद्धिजीवी इन्द्रकान्त मिश्रलाई रु २५ हजार नगद सहितको सम्मानबाट सम्मानीत गर्ने निर्णय भएको जानकारी दिदै समाजले सम्मानका लागि रु पाँच लाखको अक्षय कोषसमेत स्थापना गर्ने निणर्य गरिसकेको बताउँनु भएको छ ।  त्यस्तै प्रस्तुत महाधिवेशनको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र विशिष्ट अतिथिका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेल समेत सहभागी हुनुहुने बताईएको छ ।