शुक्रबार, बैशाख १४, २०८१

पत्रकार आचार्यको उपचारार्थ आर्थिक सहयोग

काठमाडौ आाषाढ १२,  गत ज्येष्ठ ३० गते चपुरमा टाटा सुमोले ठक्कर दिँदा श्रीमती र छोरीसहित गम्भीर घाइते भइ राजधानीको नर्भिक हस्पिटलमा उपचार गराइ रहनु भएका पत्रकार नरहरि आचार्यको उपचार सहयोगका लागि प्रेस काउन्सिलका सदस्य एवम् पत्रकार महासंघ काठमाडौका अध्यक्ष गोविन्द चौलागाइँले काउन्सिलबाट प्राप्त बैठक भत्ताको रु १५ हजार रुपैया र नेपाल टेलिभिजनका क्यामरापर्सन वसन्त रुपाखेतीले पनि रु १० हजार आचार्यलाई सहयोग गर्नुभएको छ ।

दुर्घटनामा पत्रकार आर्चायका श्रीमती प्रमिला भण्डारीको गत असार ५ गते निधन भइसकेको छ । भने छोरीको टाउकोमा गम्भीर चोट लागेको छ । आज नर्भिक हस्पिटलमा उपचार रकम हस्तान्तरण गर्दै काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आचार्यको सहयोगका लागि सरकारसमक्ष अनुरोध गर्ने प्रतिवद्धता सहित काउन्सिलको तर्फबाट पनि सहयोग उपलब्ध गराउान पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।