बिहिबार, बैशाख १३, २०८१

महासंघद्दारा शोक व्यक्त

काठमाडौं आषाढ १०, नेपाल पत्रकार महासंघ पर्सा शाखाकी सदस्य विन्दू पाण्डेको ५३ वर्षको उमेरमा उपचारको क्रममा गत असार ५ गते shok release 10 asarअसामयिक निधन भएको दुखद खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएको छ । महासंघका महासचिव उजिर मगरद्दारा आज जारी विज्ञप्तिमा  महासंघले श्रीमती स्वर्गीय पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा उहाँका श्रीमान वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

२०४१ सालदेखि पत्रकारिता सुरु गर्नुभएकी पत्रकार पाण्डे पछिल्लो समय उत्थान साप्ताहिककी सम्पादक /प्रकाशक हुनुहुन्थ्यो । उहाँको निधनलाई महासंघले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिएको छ । स्वर्गीय पाण्डेका श्रीमान, एक छोरा र एक छोरी छन् । स्वर्गीय पाण्डेकी श्रीमान सुदर्शनराज पाण्डे पनि पत्रकारितामा संलग्न हुनुहुन्थ्यो । ।