शनिबार, बैशाख १५, २०८१

नेबिसंघको महाधिबेसन निष्पक्ष हुन्छ: सभापति देउवा

काठमाडौ आषाढ ८,  बिगत ९ बर्ष देखि हुननसकेको नेविसंघ महाधिवेशन तोकिएको मितिमा निष्पक्ष रुपमा SHER_BAHADUR_DEUBA_20150802081349-370x207हुने कुरा  काँग्रेस  सभापति शेरबहादुर देउवाले बताउनु भएको छ ।  साउन २३ -२५ का लागि काठमाण्डौमा तोकिएको एघारौ महाधिवेशनमा नक्कलि प्रतिनिधिको बोलवाला रहेको र नेबिसंघ नेतृत्वले बिवाद टुंगिएको भनिएका ६४ जिल्लामा नै ६०० भन्दा बढि प्रतिनिधि  नक्कली   रहेको प्रतिवेदन बुझाउन देउवा निवास पुगेका करिब दुई सय बिद्यार्थी नेता कार्यकर्ताको समुहलाई सम्बोधन गर्ने क्रममा देउवाले सो कुरा बताउनु भएको हो ।

नेबिसंघ नेता कुन्दन काफ्ले, युबराज पाण्डेय,जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारि बस्नेत, तुलसा पन्त लगायतको नेतृत्वमा पुगेका बिद्यार्थी नेताहरुले बिबादित २२ जिल्ला, बिश्वबिद्यालय र उपत्यकाका क्याम्पसहरुमा बिधिबत अधिबेशन तथा भागबण्डा गरि बनाईएका नक्कली प्रतिनिधि खारेज गरि महाधिबेशन सुनिश्चित गर्न माग गरेका थिए ।

जबाफमा देउवाले पार्टि केन्द्रिय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरि महाधिबेशन सुनिश्चित गरिने कुरामा आश्वस्त पार्नु भएको थियो । हालै सम्पन्न नेबिसंघ केन्द्रिय समितिले साउन २३-२५ लाई महाधिबेशनको मिति तोकेर बिबाद समाधानका निमित्त सात सदस्यिय कार्यदल बनाएको थियो तर सो कार्यदललाई साउन ५ सम्म प्रतिबेदन बुझाउने म्याद दिनुका पछाडि नेबिसंघ नेतृत्वको महाधिबेशन नगर्ने नियत रहेको आरोप समेत बिद्यार्थी नेताहरुले लगाएका छन ।

महाधिबेशनमा महामन्त्रीका आकांक्षी समेत रहेका विद्यार्थी नेता डिल्लीराम सुबेदीले भने ‘साउन २३ मा महाधिबेशन तोक्ने तर करिब १५ सय महाधिबेशन प्रतिनिधिमा रहेको बिबादबारे प्रतिबेदन बुझाउने कार्यदलको म्याद नै साउन ५ सम्म राख्नु भनेको अन्तिम समयमा प्रतिनिधि भागबण्डा गर्ने दाउ देखिन्छ, महाधिबेशन पक्षधर विद्यार्थिलाई यो कदापि स्विकार्य हुन सक्दैन । बिबादको निरुपण बिधिबत अधिबेशन र महाधिबेशन नै हो ।’ नेबिसंघ केन्द्रिय अध्यक्ष रंजित कर्ण हाल देश बाहिर रहेकाले उनि फर्किए पछि बिधिबत र निष्पक्ष महाधिबेशनका निमित्त आबश्यक निर्देशन  र बाताबरण बनाउन सहयोग गर्ने कुरा समेत सभापति देउवाले बताउनु भएको छ ।