बुधबार, बैशाख १२, २०८१

संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ

काठमाडौ आषाढ ८, व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध Captureनिर्वाचित हुनुभएको छ ।  उहाँलाई सभापतिमा निर्वाचित गरियो भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गर्नुभएको थियो भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन रहेको थियो ।  सभामुख ओनसरी घर्तीले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउनु हुने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।