शनिबार, बैशाख १५, २०८१

नयाँ शक्ति पार्टीको राजनीतिक समिति संयोजकको जिम्मा डा भट्टराईलाइ

पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने निर्णयसहित नयाँ शक्तिको विधान पारित

काठमाडौ आषाढ १४, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नृतृत्वको नयाँ शक्ति नेपालले केन्द्रीय सचिवालयको बैठक पछि पार्टीको राजनीतिक समिति संयोजकको जिम्मा डा बाबुराम भट्टराई लाइ जिम्मा दिएको छ भने सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरेको छ ।  त्यस्तै बैठकले   सात प्रदेशको संयोजकमा क्रमस     प्रदेश नं. १  संयोजक – पासाङ शेर्पा, . प्रदेश नं.  २ संयोजक  Capture–महेन्द्र पासवान, प्रदेश नं. ३  संयोजक –  गंगानारायण श्रेष्ठ,  प्रदेश नं. ४ संयोजक   – वलावती शर्मा, . प्रदेश नं. ५ संयोजक –  सुरेन्द्र चौधरी, प्रदेश नं. ६ संयोजक  – भक्तबहादुर शाह, प्रदेश नं. ७ संयोजक  –  लीलादेवी भण्डारी लाइ  चयन गरेको छ ।   त्यस्तै  ३० विभागमा    अलावा राष्ट्रिय भेलाबाट गठित कार्यदलले परिमार्जनसहित पेस गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता खिमलाल देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको जनाउँदै प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गर्दै अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवम् कार्यसमिति सदस्य सम्पूर्ण सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था गरेको उलेख गरिएको छ ।