शनिबार, बैशाख १५, २०८१

कार्यदलको बैठक निष्कर्षविहीन,  व्यवस्थापिका–संसद्को बैठकको बुधबार बिहान ११ बजेसम्का लागि स्थगन

  काठमाडौ आषाढ १४, आज अपरान्ह ३ ३० बजेको लागि बोलाईएको व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।
विगत ४ दिनदेखि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै बैठक अवरुद्ध गर्दै आएको र संसदमा जारी अवरुद्धता खुलाउनका लागि यसअघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित CA_20141009085850-2 (1)कार्यदलको वार्ता निष्कर्षमा पुगिनसकेका कारण बैठक बस्दा पुन अवरुद्ध हुँने भएकाले बैठक को पूर्व निर्धारित समय भन्दा साढे दुइ घण्टा पछि सारिएको हो ।

यसैवीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दलका नेता सम्मिलित कार्यदलवीचको बैठकमा संसदमा जारी अवरोध खुलाउन छलफल भएपनि बैठक ठोस सहमतिमा पुग्न नसेकपछि निष्कर्षविहीन भएको बुझिएको छ ।
कार्यदलको बैठकमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत र चिनकाजी श्रेष्ठ, एमालेका तर्फबाट उपप्रधानमन्त्री भीम रावल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा र राप्रपा नेपालका दिलनाथ गिरी लगायतको सहभागीता रहेको थिायो ।

विपक्षीदल काँग्रेसले भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख अनुदान दिन राखेको प्रस्तावको सवालमा कार्यदलमा कुरा मिल्न नसकेपछि कार्यदलको बैठक निष्कर्षविहीनभएसंगै व्यवस्थापिका–संसद्को बैठक पनि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ ।
संसद् सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार विशेष कारणवश संसद्को बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको उल्लेख छ । अपराह्न ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साँझ ५ः३० का लागि सारिएको थियो ।