बिहिबार, बैशाख १३, २०८१

सवोच्चद्दारा बन्दिप्रत्यक्षीकरण रिट निवेदन खारेज

काठमाडौ आषाढ १४, सोमवार सर्वोच्च अदालतमा केहि साता अगाडि नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका ३ दर्जन भन्दा बढि चिकित्सकहरु मध्ये १० जना चिकित्सकले आफुहरुलाइ गैरकानुनी रुपमा थुनामा राखेका भन्दै दायर गरेको fake-doc-e1454827502208बन्दिप्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले थुनामा भएका नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ भएका चिकित्सक गैरकानुनी र बद्नियतपूर्ण पक्राउ परेको भन्न सकिने अवस्था नदेखिएको जनाउ दिदै सवोच्चले चिकित्सकहरु क्रमस रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरले संयुक्त रुपमा दायर बन्दिप्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको हो । त्यस्तै सोमवारनै काठमाडौँ जिल्ला अदालतले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका चिकित्सकलाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राखि अनुसन्धान गर्न म्याद थप गरेको थाहा भएको छ ।