शुक्रबार, बैशाख १४, २०८१

आज दही चिउरा खाँदै विविघ कार्यक्रमका साथ धान दिवस मनाइदै

काठमाडौ आषाढ १५ ‘ आज आषाढ १५ अर्थात् धान दिवस  नेपालभर धान रोपाइँ गर्दै मनाइदै छ । आजका दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा आज अधिकांस स्थानमा रोपाई गरिन धान दिवस मनाउने गरिन्छ 8.jpg। कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै सरकारले आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । आजका दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमका साथ मनाएने तयारी गरेको छ ।
त्यस्तै आज असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । त्यस्तै आज यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास साथ आषाढ १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।