शुक्रबार, चैत्र १६, २०८०

आज पनि सूचना टाँस गरि संसद बैठक २ बजेसम्मका लागि सारियो

विपक्षीदलको माग सम्बोधनको लागि कार्यदलवीचको बैठक जारी

काठमाडौ आषाढ १५, व्यवस्थापिका संसद्को बैठक आज पनि पूर्व निर्धारित समय भन्दा तीन घन्टाका लागि स्थगन गरिएको छ । बिहान ११ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विशेषकारण भन्दै संसद सचिवालयले २ बजे सम्मका लागि बैठक स्थगन गरिएको सचिवालयले CA_20141009085850-2 (1)सूचना टाँस गरी बैठक स्थगन भएको जनाउ दिएको थियो ।

आजको बैठकको लागि पूर्व निर्धारित समयमा नबस्नुमा प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागलाई कुन प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा गठित कार्यदलको बैठक निष्कर्षमा पुगिनसकेको र सो सम्बन्धमा बैठक जारी रहेका कारण संसद बैठक स्थगन गरिएको बुझिएको छ ।

आजको कार्यदलको बैठकमा प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा प्रकाशसरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर महरा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी सहभागी रहनु भएको बुझिएको छ ।