शनिबार, बैशाख १५, २०८१

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा

akhtiyar-600काठमाडौ आषाढ ३ ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिने कार्यका लागि रु पाँच हजार घुस रकम लिएका अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले कसुर गरेको पुष्टि भएको जनाउँदै कानुनबमोजिम दण्ड सजाय माग दाबी लिई आज विशेष अदालतमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।