शुक्रबार, चैत्र १६, २०८०

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीद्दारा १ दर्जन नक्कली डाक्टर पक्राउ

काठमाडौं आषाढ ३,   गत वर्षको माघ महिनामा   नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी चिकित्सक भएका एक दर्जन चिकित्सकलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागले  पक्राउ गरि कारवाही गरेको  घटना सेलाउँन  नपाउँदै     fake-doc-e1454827502208आज नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान  ब्युरोको टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट ९ जना र भरतपुरबाट ३ जना  चिकित्सक गरि  १ दर्जन नक्कली डाक्टर लाई पक्राउ गरेको छ ।

प्राप्त समाचारमा उलेख भए अनुसार प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडाौ बाट गएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट क्रमस डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल र वीरगन्जकै नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान त्यस्तैगरि निजी क्लिनिकमा कार्यरत चिकित्सकद्दय डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा जिल्ला प्रहरी कार्यालयपर्सालाइ उदृत गर्दै नियन्त्रणमा लिईएका   चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीको आधारमा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाईएको छ । साथै पक्राउ परेका चिकित्सकलाई छ घन्टासम्म जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सुरक्षा व्यवस्थाका साथ आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको पनि समाचारमा उल्लेख गरिएको छ ।  यसैबीच प्रहरीले भरतपुमा शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका क्रमस चिकित्सकत्रय डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथमा यो पनि