शुक्रबार, बैशाख १४, २०८१

आयोगद्वारा सामूहिक बलात्कारमा संलग्न दोषीको पहिचान गरी कारबाही गर्न माग

काठमाडौ आषाढ २,  राष्ट्रिय मानवअधिकार आयोगले कपिलवस्तु जिल्ला, नौडिहवाकी बोल्न नसक्ने महिलामाथि भएको सामूहिक बलात्कार घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामूहिक बलात्कारको उक्त घटनाको अनुगमन गरी घटनामा संलग्न व्यक्तिलाई Nepal_NHRC_Press_Release_Rape_Case_Dumb_Women_Nep_2073_03_02कारबाही गर्न र पीडितको सम्पूर्ण औषधोपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयायोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा महिलामाथि निरन्तर भइरहेका बलात्कार एवम् दुव्र्यवहारका घटनामा आवश्यक कारबाहीको माग गर्दै घटनामा संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई आवश्यक अनुसन्धानपश्चात् कानुनबमोजिम तत्काल कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालले आयोगमा ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीको माग गरेपछि आयोगले प्रस्तुत घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचारसमेत गरेको छ । घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन समेत गरिएका विज्ञप्तिमा उल्लेख रहेको छ ।