बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: संविधान कार्यान्वयनको वार्षिक कार्ययोजना पारित

-गत बैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा हेरफेर
-सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादुर पुनको बढुवा
-राहदानी शल्कमा नयाँ व्यवस्था
-कुनै एक सरकारी अस्पतालमा मासी प्रत्यारोपण गर्ने अत्याधुनिक उपकरण जडान गर्ने निर्णय

काठमाडौ आषाढ २, प्रधानमन्त्रीको सरकरी निवास बालुवाटार आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको वार्षिक कार्ययोजना पारित गरेको छ ।  त्यस्तै बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको images (18)निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र आयोगका कानुन ल्याउने, कात्तिकमा सङ्घीय संसद्को निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, संवैधानिक निकाय गठन गर्ने र मङ्सिरमा स्थानीय निर्वाचन त्यस्तैगरि चैतभित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेछ भने २०७४ माघ ७ गतेभित्र आम निर्वाचन सम्पन्न गर्नेलगायतका कार्ययोजना पारित गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले सरकारले प्रस्तुत कार्ययोजना व्यवस्थापिका–संसद्को बैठकमा पेस गर्र्ने जानकारी दिदै २०७४ माघ ७ गतेभित्र आमनिर्वाचन सम्पन्न भएपछि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन समेत गर्ने योजना रहेको बताउँनु भएको छ । साथै आजको बैठकले सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई बढुवा गर्नुको अलावा यस अघिको अर्थात गत बैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा हेरफेर गर्दै आजको बैठकले रुसी महासङ्घका राजदूत सिफारिस हुनुभएका निरञ्जन थापालाई म्यान्मार र म्यान्मारका लागि सिफारिस हुनुभएका ऋषिराम घिमिरेलाई रुसी महासङ्घको  राजदूतको जिम्मेवारी  दिने    निर्णय गरेको छ भने दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट आकस्मिदिने निर्णय गर्दै दु्रतमार्गबाट राहदानी लिन अतिरिक्त दस्तुर तोक्दै आवेदन प्राप्त भएको २४ घन्टाभित्र सेवा पाउन रु १५ हजार, दुई दिनभित्रका लागि रु १२ हजार, तीन दिनभित्रका लागि रु १० हजार रकम शुल्क तोकिएको छ । साथै आजको बैठकले आगामी छ महिनाभित्र मासी प्रत्यारोपण ९बोन म्यारो ट्रान्सप्लान्ट० गराउने अत्याधुनिक उपकरण कुनै एक सरकारी अस्पतालमा जडान गर्ने पनि निर्णय समेत गरेको छ ।