शनिबार, बैशाख १५, २०८१

वार्ताबाटै समस्याको समाधान गर्न नेपाल वारको आग्रह

काठमाडौ ज्येष्ठ ३, आइतबारदेखि सुरु भएको राजधानी केन्द्रीत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमका कारण मानव अधिकारको हनन भएको भन्दै नेपाल बार एसोसिएसनले आन्दोलन भन्दा पनि वार्ताबाटै समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।    बारका महासचिव खम्बहादुर खातीले आज एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलन शान्तिपूर्ण भए पनि आम नागरिकको स्वतन्त्र आवागमनमा असर पर्ने भएकाले आन्दोलनरत पक्षसंग तत्काल वार्ता गर्दै समस्याको समाधान गर्न यस्तो आग्रह गरेको हो ।