बुधबार, बैशाख १२, २०८१

निसर्त एकता प्रक्रियामा सहभागी हुन माओवादी एकता अभियानको आग्रह

  काठमाडौ ज्येष्ठ ३, माओवादी एकता अभियानले सबै माओवादी घटकलाई निसर्त एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह, अनुरोध तथा राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै एकता Flag_of_the_Communist_Party_of_Nepal_Maoist.svg_-660x330प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।

त्यस्तै एकता अभियानको तर्फबाट क्रमस मा प्रा डा गोपाल शिवाकोटी, शान्ता श्रेष्ठ, दीपेन्द्र रोकाया, बोर्णबहादुर कार्की, प्रा अमन श्रेष्ठ, रामचन्द्र हुमागाईं, युवनाथ लम्साल, डा अष्टमान किसी महर्जन, राजेश वान्तवा र पद्मलाल विकद्दारा जारी उक्त विज्ञप्तिमा आशा र विश्वास छ, यसैबीचको उतारचढावबाट अनुभव लिई सैद्धान्तिक दर्शनअनुसार देश, जनता र नौलो परिवेशको नेतृत्व गर्न माओवादी सफल हुने उल्लेख गरिएको छ ।