काठमाडौ ज्येष्ठ ४, महानगरीय अपराध महाशाखाको टोलीले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई सोमबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भोटेले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभागको प्रहरी नायब निरीक्षकमा जागिर लगाइदिने भनी राईबाट रु चार लाख ५० हजार र मगरबाट रु २ लाख रकम लिएको किटानी जाहेरीको पछि अभियुक्तलाई बागबजारबाट पक्राउ गरेको जनाउँदै निजलाइ ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ चलान गरिएको महाशाखाले जनाएको छ ।