बुधबार, बैशाख १२, २०८१

बैरोका लेखा अधिकृत आचार्यविरुद्ध मुद्दा दायर

काठमाडौं ज्येष्ठ ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश akhtiyar-600आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अधिकृत आचार्यलाइ मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि सेवाग्राहीसँग रु १० हजार घुस रकम लिँदै गरेको अवस्थामा रङगेहात पक्राउ गरेको जनाउँदै निज लेखा अधिकृत आचार्यलाई बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्धा दायर गरेको जनाएको छ ।