शुक्रबार, बैशाख १४, २०८१

देउरालीमा फुल चढाई….

g1-a

देउरालीमा फुल चढाई गाँसेको यो माया
दुईटा मान्छे साक्षी राखि सकौं भन्छौ
जीउने संगै मर्ने संगै भनि खाएका थियौं कसम
अन्तै माया बस्यो भन्छौ

माया भन्ने शब्द देखि घृणा जाग्न थाल्यो
वाचा कसम सबै छलकपट झैं लाग्न थाल्यो
मनले मनलाई साँचेको यो माया
कागजका खोस्टाहरुमा खोज्न थाल्यौ
आँखाका इशाराहरु काफी हुने गर्थे
प्रमाणहरु खोज्न थाल्यौ
देउरालीमा फुल चढाई …………

विश्वास जति थिए मन भित्र डग्मगाउन थाले
भरोसामा जीउनु आत्मा हत्या झैं लाग्न थाल्यो
भावनाका अनगीनत तरङ्गहरु
रङ्गिन अक्षरहरुमा खोज्न थाल्यौ
एउटै बाटो गोरेटोलाई पछ्याई हिंडथ्यौं
धेरै बाटाहरु पहिल्याउन थाल्यौ
देउरालीमा फुल चढाई ……………

– गौतम डंगोल “सन्देश”