बुधबार, बैशाख १२, २०८१

आन्तरिक पर्यटनमा सबैले पुर्याउँ टेवा

tripurasundari-mela-2

नजीकका देउटा भनी नगरौं है हेला,
घुम्न जाउँ साथी भाई गाउँघरका मेला,
आन्तरिक पर्यटनमा सबैले पुर्याउँ टेवा 
नजीकका देउटा भनी नगरौं है हेला…….

वर्षौंको पसीनाले साँचेको थोरै धन,
त्यहि धनले जोहो गरौं सानो सुखी मन,
घुम्न जाउँ डाँडाकाडा पाखा पखेरु,
यहि देशमा खसेका छन् स्वर्गका टुक्राहरु,
नाबीको बास्ना थाहा नपाई नतडपिउँ है साथी,
वनका साथी संग मित लगाउँ चढेर है हात्ती,
नजीकका देउटा भनी नगरौं है हेला………..

दिन बित्छ महिना बित्छ वर्ष बितिजान्छ,
दिनन महिना साल संगै जीवन सकिजान्छ,
पाईला राखौं वर्ष दिनमा एउटा नयाँ ठाउँ,
हिमाल पहाड तराईका मनमोहक गाउँ,
खुशी मन अमुल्य धन भन्छ रनवन,
एकले दिने अर्कोसे लिने ययरी नै बन्ने हो जन जन,
नजीकका देउटा भनी नगरौं है हेला………..

– गौतम डंगोल “सन्देश”