शनिबार, बैशाख १५, २०८१

कांग्रेस मुख्य सचिवको जिम्मेवारी पौडेललाइ

काठमाडौं वैशाख २७ , नेपाली कांग्रेसको मुख्य सचिवमा कृष्ण पौडेल नियुक्त हुाु भएको छ । आइतवार यसअघिका मुख्य सचिव ऋषिकेष congressतिवारीले दिएको राजीनामा स्वीकृत गर्दै सभापति देउवाले पौडेललाई सोमबार मुख्य सचिवमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्य सचिव पौडेलले आजै पदबहाली गर्दै पार्टीका हरेक कामलाई प्रभावकारी ढंगले गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई पुरा गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताए । नेपाल शिक्षक सङ्घ काठमाडौँको सभापतिको समेत जिम्मेवारी  सम्हाली सक्नु भएका पौडेल  सभापति देउवाका विश्वास पात्रका रुपमा लामो समयदेखि काम गर्दै आउँनु भएको  छ ।