बुधबार, बैशाख २६, २०८१

श्रम कार्यालयका विमानस्थलमा महानगरीय प्रहरीको छापा

काठमाडौ वैशाख २७,  महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा आज छापा मार्दै विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरूलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र timthumbखनाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै महानगरीय प्रहरीले हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरू विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाउँदै नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको जनाएको छ । यस्तै प्रहरीले ताहाचलस्थित श्रम कार्यालयका पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको जनाएको छ ।