शनिबार, बैशाख १५, २०८१

काँग्रेसलाइ जनमुखी बनाउँनु पर्नेमा जोड

काठमाडौं काँग्रेस क्षेत्र न ८को बैठक :

काठमाडौं बैशाख २४, १३ औं क्षेत्रिय महाधिवेशनबाट निर्वाचित काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न ८ को पहिलो बैठक विहीवार सम्पन्न भएको छ । क्षेत्र न. ८का नवनिर्वाचित सभापति जुद्धरत्न बज्राचार्यका सभापतित्वमा सम्पन्न उक्त बैठकले केन्द्रीय महाधिवेशनबाट पारित पार्टीको निति nc-flageतथा कार्यक्रमको मर्म अनुरुपका हरेक त्रियाकलापको आयोजना गर्दै काँग्रेसलाइ विगतको भन्दा पनि प्रभावकारी रुपमा क्रियाशील बनाउँने नितिगत निर्णय गरेको क्षेत्रीय सचिव राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै बंंैठकलाइ सम्बोधन गर्दै सभापति बज्राचार्यले पार्टीको हरेको क्रियाकलापलाइ चुस्त र दुरस्त बनाउँदै आसन्न स्थानीय निकायको निर्वाचन समेतलाइ मध्य नजर गर्दै जनमुखी काँग्रेस बनाउँनु आजको आवश्यकता रहेका धारणा अभिव्यक्त गर्नुभएको थियो ।

सभासद राज्यलक्ष्मी श्रेष्ठ समेतको उपस्थिती रहेको उक्त बैठकमा क्षेत्रका पूर्व सभापति एवम महाधिवेशन प्रतिनिधी मोहन बस्नेत, महासमिति सदस्य नविन चित्रकार ,तेवेन्द्र श्रेष्ठ नार्गाजुन नगरपालिका सभापति केदार मानन्धर , काठमाडौं काग्रेसका जिल्ला सदस्यद्दय अमिन पाण्डे, रोमेल श्रेष्ठ लगायतले क्षेत्रीय समितिका पदाधिकारी र निर्वाचन क्षेत्र न ८ अन्र्तगतका वडा इकाइका सभापतिहरुले वडाका गतिविधी माथि प्रकास पार्नु भएको थियो भने बैठकमा पार्टीका भातृसंगठनको आसन्न  अधिवेशनका सवालमा समेत चर्चा गरिएको  थियो ।