मङ्लबार, बैशाख ११, २०८१

सामूहिक जमानीमा भूकम्प पीडितलाई सहुलियत ऋण

काठमाडौ वैशाख २३ ,भूकम्पपीडितलाइ सबै बैंक र वित्तीय संस्थाले सहुलियत ऋण दिनुपर्ने भनी नेपाल राष्ट्र बैंकले निर्देशन दिए कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारले भूकम्पपीडितलाई अनुदानमा दिने रु २ लाखले स्थायी आवास निर्माण गर्न नपुग्ने भएपछि सामूहिक जमानी र money_nepaliसहुलियतमा ऋण दिने कार्यविधि बनाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै समाचारमा अनुदान रकमले धर बनाउँन नपुगेका पिडितका लागि सामूहिक जमानीमा बिनाधितो रु ३ लाख ऋण दिइनेछ, सामूहिक जमानीको रु ३ लाखले पनि आवास निर्माण गर्न नपुग्ने ठूलो परिवार भएकाका लागि दुई प्रतिशत व्याजदरमा उपत्यकाको हकमा रु २५ लाख र मोफसलमा रु १५ लाख र सहुलियत ऋण प्रदान गर्न सरकारले बनाएको कार्यविधिमा अनुरुप सबै बैंक र वित्तीय संस्थाले दुई प्रतिशत ब्याजको सहुलियत ऋण भूकम्पपीडितलाई उपलब्ध नगराएको खण्डमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने पनि उल्लेख गर्दै हाल नेपाल बङ्गलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्राइम बैंकले दुई प्रतिशत ब्याजको सहुलियत ऋणमा कर्जा बाँड्न सुरु गरेको जनाईएको छ ।