बिहिबार, बैशाख १३, २०८१

मोर्चाले गरे संसद बैठक बहिष्कार

काठमाडौ बैशाख २४, व्यवस्थापिका–संसदको आजको बैठक आदोलनरत मधेसी मोर्चाले बैठक बहिष्कार गरेका छन । बैठकको CA_20141009085850प्रारम्भमा समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले मोर्चाले उठान गरेको मागलाइ सरकारले उपेक्षा गरेको जिकिर सहित बैठक वहिष्कारको घोषणा गर्नुभएको हो ।

सम्बोधनको क्रममा सासद राइले मुलुकमा गत आश्विन ३ गते जारी नयाँ संविधान आफैमा विभेद्कारी रहेको र यस्तो संविधानको कार्यान्वयन नभइ पुनःलेखन हुनुपर्ने माग गर्दै उहाँले विभेडका विरुद्ध राष्ट्रव्यापी दोस्रो चरणको आन्दोलन प्रारम्भ भइसकेको उद्घोष समेत गर्नु भएको थियो ।