शुक्रबार, बैशाख १४, २०८१

सभापति देउवा दिल्ली प्रस्थान

काठमाडौ वैशाख ६, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा.आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । सभापति देउवा श्रीमती आरजु राणाको ढाडमा समस्या देखिएपछि उपचारका लागि गर्न देउवा 01032016075920NC-1000x0दम्पती आज नयाँदिल्ली प्रस्थान गर्नुभएको सम्वद्धस्रोतले जनाएको छ ।
भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरूसँग उच्च राजनीतिक भेटघाट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ । सभापति देउवा शनिबार स्वदेश फर्कनु हुनेछ ।