शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिबाट नवनियुक्त वाणिज्यमन्त्रीमन्त्री चन्दलाई सपथ

प्रम ओली नेतृत्व सरकारमा ४१ औ सदस्यका रुपमा राप्रपाका केन्द्रीय सदस्य तथा सांसद चन्द वाणिज्यमन्त्रीमा नियुक्त

Jayanta-Chandकाठमाडौ वैशाख ५ राष्ट्रपति विद्यादेवी भण्डारीले केपी  ओली नेतृत्व सरकारमा ४१ औ सदस्यका रुपमा नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई आज राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा  एवम्  समानुपातिक सांसद चन्दको सपथ कार्यक्रममा   प्रधानमन्त्री केपी  ओली उपप्रधानमन्त्रीद्वय कमल थापा र भीम रावल, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द तथा नेता पशुपतिशम्शेर जबरा, मन्त्रीगण, मुख्यसचिव, प्रधानसेनापतिलगायतको समारोहमा उपस्थिति रहेको थियो ।  चन्दले आजैदेखि वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

 यसअघि प्रम ओली नेतृत्वको सरकारको स्वरुप  अर्थात मन्त्रिपरिषद्मा ६ उपप्रधानमन्त्री, २२ मन्त्री, १० राज्यमन्त्री र २ सहायक मन्त्रीसहित  ४० सदस्यीय रहेको  थियो