शनिबार, बैशाख १५, २०८१

प्र.नि गुप्ताविरुद्ध मुद्दा दायर

  काठमाडौ वैशाख ६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इप्रका खैरहनी चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद timthumb (1)गुप्ताविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्रहरी निरीक्षक गुप्ताले थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै रु आठ हजार घुस लिँदालिँदैको अवस्थामा   रङगेहात पक्राउ परेको जनाएको छ ।

साथै आयोगले आज दायर मुद्धामा प्रनि गेप्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर गरेको पुष्टि भएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।