शुक्रबार, चैत्र १६, २०८०

नवनियुक्त महान्यायाधिवक्ता फुयाँलको सपथ

काठमाडौ बैशाख ६, सर्वोच्चका कामु प्रधानन्यायाधीश सुशीला कार्कीले आज नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाँललाई पद तथा Capture12timthumbगोपनीयताको सपथ गराउनुभएको छ । आइतबार प्रधानमन्त्री ओलीले फुयाँललाई महान्यायाधिवक्तामा नियुक्तिका गरेको सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुको अलावा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कामु प्रधानन्यायाधीश कार्कीले सरकारको कानुनी सल्लाहकारका भूमिका निर्वाह गर्ने निकाय महान्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता फुयाँललाई सपथ गराउनुभएको हो ।

सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी ओली, कानुनमन्त्री अग्निप्रसाद खरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायतका कानुन व्यवसायीको उपस्थिती रहेको थियो । यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि उक्त पद रिक्त थियो ।