शुक्रबार, बैशाख १४, २०८१

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गियो, अर्को बैठक आइतवार

काठमाडौ चैत २६, आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उमेर हदका कारण आगामी वैशाख १ गतेदेखि अवकाशमा बस्ने र भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न भन्दै आज परिषद्को download (1)बैठक बोलाईएको थियो । तर काँग्रेसको संसदीय दलको निर्वाचनका कारण सो दलका नवनिर्वाचित नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि परिषद् बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

परिषदको अर्काे बैठक आइतबार बस्ने र प्रन्या श्रेष्ठपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्कीले सो जिम्मेवारी पाउने बताईएको छ । मुलुकको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।